close

शौचालय जीर्ण हुँदा विद्यार्थीलाई सास्ती

शौचालय जीर्ण हुँदा विद्यार्थीलाई सास्ती

Trulli
ADVERTISEMENT

सल्यान- बागचौर नगरपालिका–९ स्थित बालजागरण प्राथमिक विद्यालयमा शौचालय जीर्ण हुँदा समस्या भएको छ । 

विद्यालयमा एक दशकअघि नै निर्माण गरिएको शौचालयको भवन भूकम्पले क्षति गरे पनि मर्मत नहुँदा विद्यार्थीहरू जोखिम मोलेर नै शौच गर्न बाध्य छन् । शौचालयको जस्तापातामा खिया लागेको छ । भित्ता चर्किएका छन् । 

शौचालयमा पानीसमेत छैन । त्यसमाथि व्यवस्थापनमा विद्यालय प्रशासनको ध्यान नपुग्दा पूरै शौचालय दिसापिसावले भरिएको छ । विद्यार्थीले यस्तै शौचालय प्रयोग गर्दै आएका छन् । 

भौतिक संरचनाकै कारण पनि विद्यार्थीको आकर्षण छैन । अहिले कक्षा ३ सम्म १५ जनामात्रै विद्यार्थी अध्ययनरत छन् । विद्यालयका प्रधानाध्यापक अंगेश्वरी डाँगीले शौचालय निर्माणका लागि नगरपालिकामा माग गरिएको  भए पनि माग सम्वोधन नभएको बताए ।