close

साउनदेखि तलब नपाएका शिक्षकहरूले आफ्नै स्कुलमा ताला लगाएपछि...

साउनदेखि तलब नपाएका शिक्षकहरूले आफ्नै स्कुलमा ताला लगाएपछि...

Trulli
ADVERTISEMENT

सप्तरी- विष्णुपुर गाउँपालिकाका १८ विद्यालयमा लागेको ताला आजदेखि खुलेको छ । साउनदेखि तलब नपाएपछि 
शिक्षकहरूले शिक्षकहरुले संघर्ष समिति नै बनाएर बिहीबार सबै विद्यालयमा ताला लगाएका थिए । 

पालिकाभित्र रहेका ५ माध्यमिक विद्यालय र १३ वटा आधारभूत विद्यालयमा संघर्ष समितिले ताला लगाएको थियो । तर गाउँपालिकाले समितिसँग बिहीबार छलफल गरी आजदेखि विद्यालयमा पठनपाठन गर्ने सहमति गरेअनुसार आज विद्यालय खुलेका गाउँपालिकाकी कार्यवाहक अध्यक्ष रेणुकुमारी यादवले पालिकाखबरलाई बताइन् । 

‘गत साउनदेखि सबै विद्यालयका शिक्षक तथा कर्मचारीहरुको सेवासुविधा रोकिएको थियो । हिजो आन्दोलनरत शिक्षकसँग यथासिघ्र रकम भुक्तानी गर्ने सहमति भयो । आज बिहानैदेखि खुलेका छन् ।’ उनले पालिकाखबरसँग भनिन् ।

विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धन आयोगले अदालतमा मुद्धा दर्ता गरेपछि उनी निलम्बनमा छन् । उनी निलम्बनमा परेसँगै विनियोजित बजेट पनि खर्च गर्न समस्या हुँदा गत साउनदेखि शिक्षकहरुको समेत भुक्तानी रोकिएको थियो ।