close

विद्यार्थीले लाइनमै उभिएर भने, ‘मेयरसाबले मञ्जन दिनुभयो’

विद्यार्थीले लाइनमै उभिएर भने, ‘मेयरसाबले मञ्जन दिनुभयो’

Trulli
ADVERTISEMENT

इलाम- सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले वडा १३ र १४ का आधारभूत तहमा अध्ययनरत विद्यार्थीलाई दाँत माझ्ने ब्रस र मञ्जन वितरण गरेका छन् ।

दुवै वडाका कक्षा १ देखि ५ सम्मका सबै विद्यार्थीहरूलाई नगरप्रमुख राईले ब्रस र पेष्ट वितरण गरेका हुन् । नगरप्रमुख राईले विद्यालयमा अनुगमनमा जाँदा साना बालबालिकामा दाँत माझ्ने बानी नभएको पाइएपछि एक वर्षसम्म ब्रस र पेष्ट निरन्तर दिने घोषणासमेत गरेका छन् । हेर्दा सानो काम भए पनि स्वास्थ्यका दृष्टिकोणले महत्त्वपूर्ण भएको नगरप्रमुख राईले बताए । 

गत चैतमा आफ्नो जन्मदिन अवसरमा नगर प्रमुख राईले बालबालिकालाई एक वर्षसम्म व्यक्तिगत खर्चमा ब्रस र पेष्ट वितरण गर्ने घोषणा गरेका थिए । सोही अनुसार राईले स्कुल स्कुलमा पुगेर वितरण गरेका हुन् ।