close

बिर्तामोडका तीन उत्कृष्ट शिक्षकलाई जनही ५० हजार

बिर्तामोडका तीन उत्कृष्ट शिक्षकलाई जनही ५० हजार

Trulli
ADVERTISEMENT

झापा- बिर्तामोड नगरपालिकाले तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षक पुरस्कार प्रदान गरेको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी पालिकाभित्रका तीन जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गरेको हो । 

नगरपालिकाका अनुसार दुर्गा मावि गरामनीका लक्ष्मण शिवाकोटी, आधारभूत तहमा मोहनमाया माविका भेषराज चौलागाई र प्राथमिकमाजनता प्राविका डिल्लीरमण भट्टराईलाई ५०/५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गरेको हो । 

नगरपालिकाले दोस्रो पटक सो पुरस्कार वितरण गरेको हो । पुरस्कारको लागि नगरपालिकाले आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा छनौट गरी तीन जना शिक्षकलाई पुरस्कृत गरेको पालिकाले जनाएको छ ।