close

सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा

सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बीमा

Trulli
ADVERTISEMENT

तनहुँ - आबुँखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका अभिभावकलाई निशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न चालू आवदेखि सो  कार्यक्रम लागू गर्न लागेको हो । 
  
भौगोलिक विकट तथा आर्थिक रुपले पछाडि परेका वडाबाट सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई निः शुल्क स्वास्थ्य बीमा गर्न लागेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला कुँवरले बताइन् । गाउँपालिकाको वडा नं ४, ५ र ६ मा गरी तीन वटा वडामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको र विस्तारै अन्य वडामा पनि कार्यान्वयनमा आउने उनले पालिकाखबरलाई सुनाइन् ।

सो कार्यक्रम माघ महिनाभित्र स्वास्थ्य बीमा  गर्ने लक्ष्य गाउँपालिकाको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरियता वृद्धि गर्न, सामुदायिक विद्यालयमा आकर्षण बढाउन तथा अभिभावकलाई जिम्मेवारी बहन गराउनका लागि सो कार्यक्रम लागू गर्न लागेको अधिकृत कुँवरले बताइन् । 

यसका लागि गाउँपालिकाले ३ हजार ५००  रुपैयाँ दरले ५ हजार घरधुरीलाई आवश्यक बजेट विनियोजन गरिएको उनको भनाइ छ ।