close

११ छोरी बुहारीलाई पढाउँदै गुराँस गाउँपालिका

११ छोरी बुहारीलाई पढाउँदै गुराँस गाउँपालिका

Trulli
फाइल तस्विर
ADVERTISEMENT

दैलेख– गुुराँस गाउँपालिकाले ११ जना छोरी बुहारीलाई उच्च शिक्षा पढाउँदै आएको छ । गाउँपालिकाले ‘उपाध्यक्षको ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ कार्यक्रमअन्तर्गत  ११ जना छोरी बुहारीलाई उच्च शिक्षा पढाउँदै आएको हो ।

गाउँपालिकाकाे कार्यविधिअनुसार पिछडिएका, निम्न वर्ग, जनजाती समुदायका दिदीबहिनीलाई उच्च शिक्षा दिँदै आएको पालिकाकी उपाध्यक्ष सिवाकुमारी खड्काले बताइन् । विविध कारणले उच्च शिक्षाबाट बञ्चित भएका महिला दिदीबहिनीलाई गाउँपालिकाले उच्च शिक्षा दिँदै आएको उपाध्यक्ष खड्काले पालिकाखबरलाई जानकारी दिइन् ।

दुर्गम, विपन्न, जनजातीको वस्ती भएको गाउँपालिका भएकोले छोरीबुहारीलाई विभिन्न कारणले उच्च शिक्षा पाउनबाट बञ्चित हुँदै आएकाे उनले बताइन् । छोरी बुहारीले उच्च शिक्षा पश्चात रोजगार गर्न सकिने उनको विश्वास छ । गत वर्ष ‘उपाध्यक्षको ईच्छा, छोरी बुहारीलाई उच्च शिक्षा’ कार्यक्रममार्फत् ११ जनालाई प्राविधिक शिक्षा पढाएको उपाध्यक्ष खड्काले बताइन् । ‘हामीले १७ जनालाई उच्च शिक्षा दिने योजना बनाएका थियौँ तर विविध कारणले ११ जनालाई पढाएको छौँ,’ उनले बताइन् ।

उनकाअनुसार पालिकाले चालु आर्थिक वर्षमा २० जना छोरी बुहारीलाई उच्च शिक्षा पढाउने योजना गरेको छ । गाउँपालिकाले विद्यालयमा गएर ३०, हजार,४० हजार र ५० हजार रुपैयाँका दरले शुल्क बुझाउने गरेको उनले बताइन् ।

सम्झाैताका आधारमा उच्च शिक्षा पढेर फर्केपछि कसैले एक वर्ष र कसैले दुई वर्ष गाउँपालिकामा सेवा दिने रहेको छ । यसका लागि गत वर्ष दुई लाख बजेट विनियोजन गरेको थियो । चालु आवमा तीन लाख वजेट विनियोजन गरेको उपाध्यक्षले बताइन् ।