close

वक्तृत्वकलामा स्थानीय सरकारको विकास

वक्तृत्वकलामा स्थानीय सरकारको विकास

Trulli
ADVERTISEMENT

दोलखा- विद्यार्थीहरूले आफ्नो वाककलामार्फत मेलुङ गाउँपालिकाको विकासको खाका कोर्दै स्थानीय सरकारलाई सुझाव दिएका छन् । 

मेलुङ गाउँपालिकाको विकास विगतमा कस्ता थिए ? अहिले कसरी विकास भइरहेको छ र भावी दिनमा कस्तो हुनुपर्छ भनेर विद्यार्थीहरूले उल्लेख गरेका हुन् । विद्यार्थीहरूले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य, रोजगार र कृषिलाई प्राथमिकता दिन सकेमा समृद्ध मेलुङ, सुखी मेलुङबासी हुन सक्ने बताएका छन् । 

सन्तोष कार्की स्मृति प्रतिष्ठानले मेलुङ गाउँपालिकाभित्र रहेका मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा मेलुङ गाउँपालिका भित्रका ७ वटा माविका ७ विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । ‘मेरो सपनाको मेलुङ’ शीर्षकमा भएको प्रतियोगितामा भीम मावि धनुकेका सचिन अधिकारी प्रथम, त्रिभुवन मावि मेलुङका अनुजा लामा द्धितीय, डाँडाखर्क माविका निशा थापा तृतीय र निरुता खड्का चौथो भए । 

विजयी छात्र छात्राहरुलाई लुङ गाउँपालिकाकी उपाध्यक्ष गायत्री आचार्यले क्रमशःनगद पाँच हजार, प्रमाणपत्र र ट्रफी, तीनहजार, प्रमाणपत्र, र ट्रफी र दुईहजार नगद , प्रमाणपत्र  र ट्रफी वितरण गरेकी थिइन् । 

मेलुङ गाउँपालिकाका सन्तोष कार्की गत २०६६ साल माघ ६ गते गोठाटार काठमाडौंमा भएको झडपमा गोली लागेर मृत्यु भएको थियो । उनको सम्झनामा स्थापित प्रतिष्ठानले वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो ।