close

गढवाका जनप्रतिनिधि पालिकासँगै बालबालिकालाई पनि समय दिदैँ

गढवाका जनप्रतिनिधि पालिकासँगै बालबालिकालाई पनि समय दिदैँ

Trulli
ADVERTISEMENT

दाङ– गढवा गाउँपालिकाका जनप्रतिनिधि पालिकासंगै बालबालिकालाई पनि समय दिदैँ आएका छन् । गाउँपालिकाको शैक्षिक गुणस्तर सुधारका लागि जनप्रतिनिधिले गाउँपालिका र विद्यालयलाई बराबर समय दिन थालेका हुन् 

गाउँपालिकाले चालु आर्थिक वर्षबाट ‘आधा सयम पालिकालाई, आधा समय बालबालिकालाई’ भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखा अधिकृत श्यामबहादुर विकले बताए । बालबालिकाको शैक्षिक गुणस्तर सुधार गर्न जनप्रतिनिधिसहित शिक्षा शाखाबाट अनुगमन गर्दै आएको उनले बताए । 

शिक्षा शाखा अधिकृत विककाअनुसार पालिकाभित्रका विद्यालयमा अनुगमन गर्न शिक्षा शाखाले हप्तामा ५० प्रतिशत विद्यालय अनुगमन गर्ने, शिक्षा समितिले गठन गरेको उपसमितिले १५ दिन र शिक्षा समितिले मासिक १ दिन विद्यालयको अनुगमन गर्ने गरेको छ । 

पालिकाअन्तर्गतका २८ वटा सामुदायिक विद्यालयमा अनुगमन गरेको अधिकृत विकले पालिकाखबरलाई जानकारी दिए । बालबालिकाको पठनपाठनबारे पहिले अनुगमन गरिएको थिएन् ।  चालु आव पालिकाले ‘आधा सयम पालिकालाई, आधा समय बालबालिकालाई’ नारा लागु गरेपछि परिवर्तन आएको छ,  साथै  याे कार्यक्रम निरन्तर गर्दै गर्दा पठनपाठनमा सुधार आउने उनको विश्वास छ ।  

विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थी, अभिभावक सबै क्रियाशिल भएका छन् । यसका साथै विद्यालयका कर्मचारी, विद्यार्थी र अभिभावकसंग अन्तरक्रिया कार्यक्रम गर्छौ । गाउँपालिकाले विद्यालय अनुगमन निः शुल्क गर्दै आएको छ ।