close

प्राविधिक शिक्षा पढ्ने विपन्नलाई राप्तिको छात्रवृत्ति

प्राविधिक शिक्षा पढ्ने विपन्नलाई राप्तिको छात्रवृत्ति

Trulli
ADVERTISEMENT

चितवन- राप्ती नगरपालिकाले कक्षा- १२ पास गरेर प्रविधिक शिक्षा अध्ययन गर्ने विपन्न, दलित तथा सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । 

नगरपालिका शिक्षा शाखाले आज सूचना जारी गर्दै फागुन १५ गतेभित्र आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरेको छ । आवेदन दिनका लागि कक्षा १२ पास गरेको प्रमाणपत्र, उच्च शिक्षाका लागि शैक्षिक संस्थाको सिफारिस र विपन्नको हकमा वडाको सिफारिस चाहिने सूचनामा उल्लेख छ । 

राप्ती नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट छात्रवृत्तिको लागि ५ लाख निवियोन गरेको शिक्षा शाखाकी शिक्षा अधिकृत रबिना देउजाले बताइन् । उनका अनुसार विनियोजित सो रकमबाट माग र आवश्यकताको आधारमा वितरण गरिने छ ।