close

३१ विपन्न तथा अभिभावकबिहीन बालबालिका पढाउँदै धवलागिरी

३१ विपन्न तथा अभिभावकबिहीन बालबालिका पढाउँदै धवलागिरी

Trulli
ADVERTISEMENT

म्याग्दी–  धवलागिरि गाउँपालिकाले ३१ जना सहाराविहीन बालबालिकाको अभिभावकत्व लिएको छ । गाउँपालिकाले जेहेन्दार, विपन्न तथा अभिभावकविहीन बालबालिकालाई छात्रावाससहितको सुविधा दिएर पढाउँदै आएको हो । 

धवलागिरि वडा नम्बर- ७ स्थित हिम नमुना माध्यमिक विद्यालयमा गाउँपालिकाले उनीहरूलाई पढाइरहेको छ भने सोही विद्यालयकै छात्रावासमा बस्ने सुविधा दिएको छ । गाउँपालिकाले उनीहरूको अभिभावकत्व लिएपछि उनीहरू शिक्षाबाट बञ्चित हुनुपर्ने बाध्यता हटेको छ । 

गाउँपालिकाले विसं २०७६ सालदेखि पढाउँदै आएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ख्याम राज सुवेदीले बताए । उनकाअनुसार गाउँपालिकाका सो विद्यालयमा दुईवटा होस्टल सञ्चालित छन् । एउटा होस्टलमा सामान्य रुपमा विद्यार्थीहरु आएर पढ्ने गरेका छन्  । 

अर्को होस्टलमा गाउँपालिकाले सहयोग गरेको बालबालिकालाई निःशुल्क रुपमा राखेर पढाउँदै आएको उनले पालिकाखबरलाई बताए ।उनले भने, ‘उनीहरुको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्छ । गत वर्षसम्म गाउँपालिका एक्लैले खर्च व्यहोर्दै आएको थियो । यो वर्षदेखि प्रदेश सरकारले समेत सहयोग गर्न थालेको छ ।’  चालु आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकाले सो होस्टेल सञ्चालनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । 

विद्यार्थीहरु बस्ने गरेको होस्टल पुरानो भएकाले उनीहरुका लागि गाउँपालिकाले नयाँ होस्टल निर्माण गरिरहेको गाउँपालिकाका उपाध्यक्ष रेशम बहादुर पुन मगरले बताए ।