close

मुखियपट्टीमा एकैपटक ३५ जना शिक्षक माग

मुखियपट्टीमा एकैपटक ३५ जना शिक्षक माग

Trulli
ADVERTISEMENT

धनुषा - मुखियापट्टी मुसहरनिया गाउँपालिकाले करार सेवामा ३५ जना कर्मचारी माग गरेको छ । गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विदालयलाई लक्षित गरी ३५ जना करार शिक्षक माग गरेको हो । 

गाउँपालिकाले माध्यमिक तह (११ र १२) को लागि एक जना, माध्यमिक तह (९ र १०) को लागि १४ जना, आधारभूत तह (६ देखि ८) सम्मको लागि १० जना र आधारभूत तह (१ देखि ५) सम्मको लागि १० जना गरी ३५ जना करार शिक्षक माग गरेको हो । 

योग्यता पुगेका इच्छुक व्यक्तिले यही फागुन १७ गतेभित्र आवश्यक कागजातसहित गाउँपालिका भवनम आवेदन दिन सक्ने छन् । आवेदकहरु बीच खुल्ला रुपमा प्रतिस्प्रर्धा गराई योग्य व्यक्ति छनौट गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सञ्चालित सामुदायिक विद्यालयमा आवश्यक शिक्षकको व्यवस्थापन नहुँदा एकैपटक धेरै संख्यामा कर्मचारी माग गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरीले पालिकाखबरलाई सुनाए । सो संख्यामा शिक्षकको व्यवस्थापन भएसँगै पालिकाको शैक्षिक गुणस्तरीयतासमेत सुधार हुने उनले बताए ।