close

सरकारी क्याम्पसमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै भिमसेनथापा

सरकारी क्याम्पसमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै भिमसेनथापा

Trulli
ADVERTISEMENT

गोरखा– भिमसेनथापा गाउँपालिकाले सरकारी क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई छात्रवृत्ति दिने भएको छ । गाउँपालिकाले गोरखा जिल्लाभित्रका सरकारी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख यान बहादुर नेपालीका अनुसार गाउँपालिकामा कक्षा १२ भन्दा माथिल्लो तहमा अध्यापन हुने शैक्षिक संस्था छैनन् । त्यसैले जिल्लाभित्रका सरकारी क्याम्पसमा पढिरहेका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । 

जिल्लाभित्र सरकारी क्याम्पसमा अध्ययनरत पालिकाका स्थायी बासिन्दालाई छात्रवृत्ति उपलब्ध गराउने कार्यक्रमको सुरुवात चालु आर्थिक वर्षबाट भएको उनले बताए । उनले पालिकाखबरसँग भने, ‘यस वर्ष छात्रवृत्ति प्रदान गर्न एक लाख रुपैयाँ छुट्याएका छौँ । आवेदन परेको आधारमा कतिजनालाई कति रकम दिने भनेर निर्धारण गछौँ ।’  

छात्रवृत्तिको लागि आवेदन दिन गाउँपालिकाले मंगलबार सूचना जारी गर्दै अनुरोध गरेको छ । यहि फागुन २३ गतेभित्र कागजातसहित छात्रवृत्तिको लागि आवेदन पेश गर्न सकिने गाउँपालिकाले जनाएको छ ।