close

लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्दै कुमाख

लोकसेवा र शिक्षक सेवाको तयारी कक्षा सञ्चालन गर्दै कुमाख

Trulli
ADVERTISEMENT

सल्यान– कुमाख गाउँपालिकाले स्थानीय युवाहरूलाई नि:शुल्क आयोगको कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले ४५ दिने लोक सेवा तथा शिक्षक सेवा आयोगको कक्षा सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रमअन्तर्गत निःशुल्क कक्षा सञ्चालन गर्ने नि.प्रमुख प्रशासकीय अधिकृत छबिलाल खड्काले जानकारी दिए । उनकाअनुसार आर्थिक तथा सामाजिक रुपले पछाडि परेका विन्न वर्गलाई निः शुल्क लोक सेवाको कक्षा सञ्चालन गर्न लागेको हो ।

सरकारी पहुँच तथा आकर्षण कायम गर्ने उद्देश्यले लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरिएको उनले पालिकाखबरलाई जानकारी दिए । लोक सेवा आयोग र शिक्षक सेवाको कक्षामा ३० देखि ४० जना सहभागी हुन सकिने बताए ।

गाउँपालिकामा स्थायी बसोबास गर्ने निर्धारित योग्यता पुगेका इच्छुकले शिक्षक सेवाको हकमा प्रावि/निमावि/मावि) तथा निजामति सेवाको हकमा (खरिदार/नासु)  तहको व्यहोरा खुलिने गरी फागुन २५ गतेसम्म आवेदन दिन सकिने अधिकृत खड्काले बताए ।