close

बागमती बृहत् शैक्षिक महोत्सव : प्रधानमन्त्रीद्वारा उद्घाटन

बागमती बृहत् शैक्षिक महोत्सव : प्रधानमन्त्रीद्वारा उद्घाटन

Trulli
ADVERTISEMENT

सर्लाही- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बागमती नगरपालिकाद्वारा आयोजित बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्ने भएका छन् । 

नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत सात हजार विद्यार्थी र आठ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११:३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्नुहुने प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । 

नेपाली सेनाको हेलिकप्टरमार्फत प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरण हुनेछन् । महोत्सवमा विद्यार्थीहरूले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेट लामो नृत्य प्रस्तुत गर्ने छन् ।