close

सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

सान्नी त्रिवेणीले सामुदायिक विद्यालयकाे दिवा खाजामा स्थानीय परिकार खुवाउँदै

Trulli
फाइल तस्विर
ADVERTISEMENT

कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले दिवा खाजामा स्थानीय उत्पादनको सदुपयोग गर्न थालेको छ । विद्यार्थीहरुको स्वास्थ्य र कोदो, मकै, फापर, आदिको बजारीकरणका लागि दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा रहेका ३० वटा सामुदायिक विद्यालयमा हरेक बार फरक–फरक परिकारको रुटिन बनाइ कार्यान्वयन गर्न सबै विद्यालयलाई निर्देशन दिएको थियो । विद्यालयमा रुटिनअनुसार नचलेपनि आफ्नो तरिकाले खाजा खुवाउने गरेको शिक्षा शाखाका प्रमुख मोहनबिर धामीले बताए ।

विद्यार्थीलाई स्थानीय उत्पादनबाट खिर, लिटो, फलफुल, दातभात, रोटीलगायत ६ दिनसम्म मिलाएर खाजा खुवाउने गरेको उनले सुनाए । सामुदायि विद्यालयमा अध्ययनरत ६ हजार विद्यार्थी भएपनि ३ हजार विद्यार्थीलाई रैथाने बालीको खाजा गराएको शिक्षा अधिकृत धामीले पालिकाखबरलाई जानकारी दिए । 

दिवा खाजा शिशुदेखि कक्षा ५ सम्म मात्र उपलब्ध गराएको छ । ‘विद्यालयले खाजाका लागि स्थानीयलाई सूचना जारी गर्छ । त्यसमा जस्ले खाजाको परिकार धेरै बनाउन सक्छ उसैलाई खाजा पकाउन छनौट गरिन्छ उनले सुनाए । शर्सतअनुदानबाट एक करोड ३३ लाख वजेट विनियोजन गरेको छ ।