close

इटहरीमा बृहत शैक्षिक अन्तरक्रिया

इटहरीमा बृहत शैक्षिक अन्तरक्रिया

Trulli
ADVERTISEMENT

सुनसरी - इटहरी उपमहानगरपालिकाले शैक्षिक सुधारको लागि बृहत शैक्षिक अन्तरक्रिया गरेको छ । उपमहानगरपालिकाको आयोजनामा बुधबार दुर्गा पार्टी प्यालेसमा बृहत शैक्षिक अन्तरक्रिया गरेको हो । 

उपमहानगरपालिकाको शिक्षा शाखाका प्रमुख द्रोणप्रसाद दाहालका अनुसार उपमहानगरपालिकाले केही समय अघि शैक्षिक सुधारको लागि २७ बुदेँ घोषणापत्र जारी गरेको थियो । सोही घोषणा पत्रमा उल्लेख गरेको कार्यक्रमलाई घटबढ तथा सुधार गर्नको लागि उपमहानगरपालिकाले सरोकारवाला निकायसँग अन्तरक्रिया गरेको हो । 

अन्तरक्रियामा आएको सुझावलाई उपमहानरगपालिकाले टिपोट गरेको र थप छलफल गरी सुधार गरिने उनले पालिकाखबरलाई सुनाए । उनका अनुसार सो अन्तरक्रियामार्फत केही सुझाव तथा गुनासो संकलन भएको छ । 

कार्यक्रममा पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका पदाधिकारी, सम्बन्धित वडाका जनप्रतिनिधि तथा शिक्षाविद्को सहभागिता रहेको उनले सुनाए । उपमहानगरपालिकाले विभिन्न चरणमा सुझाव संकलन गर्ने उनले बताए ।