close

वक्तृत्वकला प्रतियोगितामा राजित्रा विक प्रथम

वक्तृत्वकला प्रतियोगितामा राजित्रा विक प्रथम

Trulli
ADVERTISEMENT

दोलखा- शैलुङ गाउँपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । वक्तृत्वकला प्रतियोगितामा कालिका माविकी राजित्रा प्रथम भएकी शिक्षा शाखा प्रमुख सन्तोष दाहालले जानकारी दिए । 

दुर्गा माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा दोस्रो स्थान शारदा माविका सुयोग सिंह धामी, तेस्रो स्थान कालिका माविकै सुजन ढुङ्गेल र सान्त्वना स्थान वीरेन्द्र माविका सुसन नेपालीले सुरक्षित गर्न सफल भए।

प्रथमलाई १० हजारसहित प्रमाणपत्र, द्वितीयलाई सात हजारसहित प्रमाणपत्र,तृतीयलाई पाँच हजारसहित प्रमाणपत्र र सान्त्वनालाई तीन हजारसहित प्रदान गरिएको थियो । प्रतियोगिताका विजयी विद्यार्थीलाई गाउँपालिका अध्यक्ष रिमलबाबु श्रेष्ठ, उपाध्यक्ष पार्वती कार्की लगायतले उज्ज्वल भविष्यको कामना हसित पुरस्कार प्रदान गरेका छन् । 

प्रतियोगितामा गाउँपालिकाका विभिन्न ७ वटा स्कुलका १३ विद्यार्थीहरू प्रतिस्पर्धामा सहभागी रहेका थिए । एउटा स्कुलबाट एक जना छात्र र एक जना छात्रा गरी बढीमा दुई/दुई जनालाई मात्रै प्रतिस्पर्धामा सहभागी गराइएको थियो।