close

घुम्ती र स्वयंसेवक शिक्षकको भरमा पालिकाका विद्यालय

घुम्ती र स्वयंसेवक शिक्षकको भरमा पालिकाका विद्यालय

Trulli
ADVERTISEMENT

पर्सा- धोबिनी गाउँपालिकामा विद्यालय र विद्यार्थीको अनुपातमा शिक्षक न्यून भएपछि गाउँपालिकाले स्वयंसेवक र घुम्ती शिक्षकको व्यवस्था गरी अध्यापन गराउँदै आएको छ ।

गाउँपालिकामा शिक्षा ऐनमा उल्लेखित शिक्षक विद्यार्थी अनुपातलाई आधार मान्ने हो भने करिब १३६ जना आवश्यक छ । गाउँपालिकामा तीन वटा माध्यमिक र १५ वटा आधारभूत गरी १८ विद्यालयमा करिब ६ हजार ८०० विद्यार्थी अध्ययनरत छन् । तर गाउँपालिकामा हाल ७३ जनामात्र शिक्षक कार्यरत छन् । 

शिक्षकको अभावका कारण पठनपाठनमा समस्या नहोस् भन्दै गाउँपालिकाले गाउँसभाबाटै स्वयंसेवक शिक्षक र घुम्ती शिक्षकको लागि बजेटको व्यवस्था गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख बृजकिशोर त्रिपाठीले बताए । उनका अनुसार ७ जनालाई गाउँपालिकाले स्वयंसेवक शिक्षकको रूपमा नियुक्त गरेको छ । त्यस्तै पालिकामा कार्यरत शिक्षकहरूलाई घुम्ती शिक्षकका रूपमा खटाइएको छ । दिउँसो कार्यरत शिक्षकलाई बिहान र बेलुकाको कक्षामा खटाउँदै आएको शिक्षा शाखा प्रमुख त्रिपाठीको भनाइ छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा घुम्ती शिक्षकको लागि ४५ लाख विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा स्वयंसेवक शिक्षकको लागि ६० लाख व्यवस्था गरेको छ ।