close

उपमहानगरको तालिमपछि ढाकाको कपडा उत्पादनमा महिला

उपमहानगरको तालिमपछि ढाकाको कपडा उत्पादनमा महिला

Trulli
ADVERTISEMENT

हेटौंडा । हेटौंडाका महिला ढाका उत्पादनमा जोडिएका छन् । हेटौंडा उपमहानगरपालिकाले प्रदान गरेको एड्भान्स ढाकाको कपडा बुनाई तालिमपछि नगरभित्रका महिला ढाका कपडा उत्पादनमा जोडिएका हुन् ।

उपमहनगरको सहकार्यमा गरिवी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा) बाट दुई महिने ढाकाको कपडा बुनाई सम्बन्धी बेसिक तालिम लिएका महिलालाई उपमहानगरपालिकाले आफ्नै लगानीमा तालिम दिएसँगै हेटौंडाका महिला ढाका उत्पादनमा जोडिएका हुन् ।

उपमहानगरपालिकाले हेटौंडा, १५, १७ र १८ नम्बरका ११ जना महिलालाई ढाकाको कपडा तथा अन्य सामग्री उत्पादनको लागि एड्भान्स तालिम दिएको हो । उनीहरुले तालिमको क्रममा ढाकाको धागो मार्फत सल, पछ्यौरा, साडी, हाते व्याग कुर्ता र खादा जस्ता सामग्री उत्पादन थालेका छन् ।

करिब तीन लाख रुपैयाँको लगानीमा उपमहानगरले तीन वटा वडामा ११ जना महिलालाई एड्भान्स तालिम दिएको छ । तालिमपछि महिलाहरुले ढाकाको महङ्गो मूल्य खालका कपडा उत्पादन गरिरहेका छन् ।  

पालिकाले तालिममा सहभागीलाई १२ वटा तान मार्फत ढाकाका बिभिन्न सामान उत्पादन गर्ने प्रशिक्षण दिएको थियो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिना लामाले तालिमपछि ढाकाको कपडा तथा अन्य सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लागेकोमा खुसि व्यक्त गरिन् ।

उनले भनिन्, ‘व्यवसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए उपमहानगर तयार छ, तर काम गरौं आर्थिक समस्या पर्दैन ।’ नगरप्रमुख लामाले उत्पादन भएको सामग्री बिक्रीका लागि उपमहानगरपालिकाले वातावरण निर्माण गर्ने बताइन् ।