close

मेन्छ्यायेम गाउँपालिकाले १०० युवालाई दक्ष बनाउने

मेन्छ्यायेम गाउँपालिकाले १०० युवालाई दक्ष बनाउने

Trulli
ADVERTISEMENT

तेह्रथुम । मेन्छ्यायेम गाउँपालिकाले १०० जना युवायुवतीलाई यस आर्थिक वर्षभित्र स्वरोजगरमुलक तालिम दिने भएको छ । 

नेपालमै रोजगार बन्न तथा विदेशै जानुपरे पनि सीप अनुसारको श्रमको मूल्यांकन हुने भन्दै गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्रका युवालाई तालिम दिन लागेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङ्गका अनुसार स्थानीय स्तरमै ड्राइभिङ, सिलाइकटाइ बेमौसमी तरकारी खेति, हाउस वाइरिङ, प्लम्बिङ, कृषि उपजको प्याकेजिङ जस्ता तालिम दिइनेछ । तालिम सञ्चालनका लागि स्थानीयहरूको माग संकलन गरे माग अनुसारको तालिम दिइनेछ ।

युवालाई दक्ष बनाउनका लागि गाउँपालिकाले आर्थिक वर्ष ०७९/०८०मा ३० लाख रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष खापुङ्गले पालिका खबरलाई बताए ।