close

महांकालले करार सेवामा कर्मचारी माग

महांकालले करार सेवामा कर्मचारी माग

Trulli
ADVERTISEMENT

ललितपुर – महांकाल गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै विभिन्न पदमा ५ जना कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार सूचना प्रविधि अधिकृत छैठौँ तहमा एक जना, भेटरिनरी चिकित्सक छैठौँं तहमा एक जना, रोजगार सहायक पाँचौँ तहमा एक जना, ल्याव असिस्टेन र टेक्निसियन चौथो तहमा एक जना र फिल्ड सहायक चौथो तहमा एक जना गरी  ५ जना कर्मचारी माग गरेको हो ।  

योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा कार्यालय समयमा तोकिएको शुल्क तिरेको रसिदसहित आवेदन दिन गाउँपालिकाले जनाएको छ ।