close

बागलुङमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

बागलुङमा रोजगारीको अवसर, कसरी दिने आवेदन ?

Trulli
ADVERTISEMENT

बागलुङ – बागलुङ नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै चार जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले कार्यालयद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामकाजका लागि करार सेवामा सव–ईन्जिनियर माग गरेको पालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले पालिकखबरलाई बताए । न्युनतम शैक्षिक योग्यता सिभिल ईन्जिनियरिङ विषयमा प्रविणता प्रमाण पत्र तहको वा सो सरह र तिन सय रुपैयाँ परिक्षा दस्तुरसहित योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्ने उनले जानकारी दिए । 

 सूचना प्रकाशन मितिले ७ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । सूचना अनुुसार निवेदन, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाण पत्रको प्रतिलिपिसहित दरखास्त दिने व्यक्तिले असोज ८ गते नगरकार्यपालिकामा सम्पर्क गर्न सकिने छ ।