close

डकर्मी तथा इलेक्ट्रेसियन तालिम दिँदै नगरपालिका

डकर्मी तथा इलेक्ट्रेसियन तालिम दिँदै नगरपालिका

Trulli
ADVERTISEMENT

लमजुङ - मध्यनेपाल नगरपालिकाले युवाका लागि सीपमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरपालिकाले बेरोजगार युवालाई लक्षित गरी सीपमूलक कार्यक्रम ल्याएको हो । 

नगरपालिकाका रोजगार संयोजक बिजय लामाका अनुसार बेरोजगार युवालाई लक्षित गरी डकर्मी तथा इलेक्ट्रेसियन तालिम दिन लागेको हो । ४० जना युवालाई लक्षित गरी ५० दिने तालिम सञ्चालन गरिने उनले पालिकाखबरलाई जानकारी दिए । 

तालिममा सहभागी भएका व्यक्तिलाई नगरपालिकाले आवश्यकता अनुसार काम गराउने उनले सुनाए । तालिममार्फत युवा स्वयम् रोजगार बन्न सक्ने उनको भनाइ छ । रोजगारी सृजनाको लागि संघीय तथा स्थानीय तहबाट ५४ लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।

नगरपालिकाले गत आर्थिक वर्षमा ६४ जना युवालाई सडक मर्मत तथा पुरानो कुवाँमर्मतमार्फत रोजगारी दिएको थियो ।