close

वैदेशिक राेजगारीका लागि परामर्श, बेराेजगारकाे लागि राेजगारी

वैदेशिक राेजगारीका लागि परामर्श, बेराेजगारकाे लागि राेजगारी

Trulli
ADVERTISEMENT

तेह्रथुम - आठराई त्रिवेणी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ६९ जना युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिने भएको हो ।

गाउँपालिकाका रोजगारी शाखाका संयोजक प्रेम सिंह गुरुङका अनुसार पालिकामा बेरोजागरीमा सूचीकृत भएका युवालाई प्राथमिकताको आधारमा १०० दिने रोजगारी दिन लागेको हो । सोका लागि संघीय सरकारबाट बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । 

बेरोजगार युवालाई सिढिँ निर्माण गर्ने, भवन निर्माण गर्ने तथा सिलिङ गर्न लगाउने उनले सुनाए । साथै गाउँपालिकाले वैदेशिक रोजगारीमा जाने युवालाई निःशुल्क परामर्श दिँदै आएको उनले बताए । तर वैदेशिक रोजगारीबाट फर्केका युवाको लागि कुनै कार्यक्रम नल्याएको उनको भनाइ छ ।