close

चाँगुनारायणले माग्यो २० जना करार कर्मचारी

चाँगुनारायणले माग्यो २० जना करार कर्मचारी

Trulli
ADVERTISEMENT

भक्तपुर - चाँगुनारायण नगरपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै करार सेवामा २० जना कर्मचारी माग गरेको हो । 

सूचनाका अनुसार नगरपालिकाले कानून अधिकृत, कार्यालय सहयोगी, माली, इन्जिनियरलगायत विभिन्न पदमा २० जना करार कर्मचारी माग गरेको हो । इच्छुक व्यक्तिले सूचना प्रकासित भएको २१ दिनभित्र नगर कार्यपालिकाको भवनमा आवेदन दिन सक्ने सो सूचनामा उल्लेख गरिएको छ । 

आवश्यक कागजातसहित छैठौँ तहको लागि एक हजार रुपैयाँ, चौथोँ तहको लागि ५०० रुपैयाँ र श्रेणीविहीनका लागि ३०० रुपैयाँ दस्तुर तिरी आवेदन दिन सक्ने नगरपालिकामा दिन सक्नेछन् । फाराम नगरपालिकाको वेभसाइटबाट डाउनलोड गर्न सक्ने सो सूचनामा उल्लेख गरिएको छ । आवेदकहरुबीच खुल्ला प्रतिस्प्रर्धा गरी योग्य व्यक्ति छनौट गरिने सो नगरपालिकाले जनाएको छ ।