close

डकर्मी, सिकर्मी, श्रमिक, ज्यामीलगायत सामाजिक सुरक्षा योजनामा आबद्ध हुनू

डकर्मी, सिकर्मी, श्रमिक, ज्यामीलगायत सामाजिक सुरक्षा योजनामा आबद्ध हुनू

Trulli
ADVERTISEMENT

मकवानपुर- भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन आवेदन माग गरेको छ ।

गाउँपालिका अध्यक्ष हिदम लामाले डकर्मी, सिकर्मी, लोड अनलोड, गिट्टी–बालुवा चाल्ने, ढ्ङ्गा फुटाएर जीविका चलाउने, गाडी चालक, सहचालक, अप्रेटर, कृषि श्रमिक, ज्यामीलगायत अन्य श्रमिक तथा स्वरोजगार व्यक्तिहरुलाई गाउँपालिकासँगको साझेदारीमा सामाजिक सुरक्षा कोषमा सहभागी हुन आह्वानसहित आवेदन माग गरिएको जानकारी दिए । 

अनौपाचारिक क्षेत्रमा रहेका श्रमिक र स्वरोजगार रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७९ अनुसार अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरुको तर्फबाट गाउँपालिकाले नेपाल सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ९.३७ प्रतिशत र सम्बन्धित श्रमिकको ११ प्रतिशत गरी २०.३७ प्रतिशत रकम अर्थात् हाल एक हजार ९१२ रुपियाँ मासिक रुपमा कोषमा योगदान गर्नुपर्ने हुन्छ । यस्तै, स्वरोजगार क्षेत्रका व्यक्तिले योजनामा सहभागी हुन जम्मा न्यूनतम आधारभूत पारिश्रमिकको ३१% वा त्यसको तीन गुणासम्म रकम कोषमा जम्मा गर्नुपर्नेछ ।

सामाजिक सुरक्षा कोष र गाउँपालिकाबीच गत साउन ३० गते अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षा योजना कार्यक्रम सञ्चालन गर्न कोष सम्झौता भएको थियो ।