close

युवालाई आत्मनिर्भर बनाउँदै धनगढी सरकार

युवालाई आत्मनिर्भर बनाउँदै धनगढी सरकार

Trulli
ADVERTISEMENT

कैलाली– धनगढी उप–महानगरपालिकाले युवालाई तालिम दिने भएको छ । उप–महानगरले युवालाई फर्निचर मेकर, बेल्डिंगको निशुल्क तालिम दिन लागेकाे हो ।

उप–महानगरपालिका र नेपाल युथ फाउन्डेसन नेपालको सहकार्यमा युवालाई निशुल्क सिपमुलक तालिम दिने भएको हो । आर्थिक सामाजिक रुपले पछाडि परेका विपन्न वर्गका युवालाई फर्निचर मेकर, बेल्डिंगको तालिम दिने भएको उप–महानगरले जनाएको छ ।

उक्त तालिम लिन उप–महानगरपालिकाभित्रका इच्छुक नागरिकले १५ दिनमा आवश्यक कागजातसहित आवेदन दिन सकिने जनाएको छ ।