close

बेराेजगार युवालाई विराटनगरकाे तालिम

बेराेजगार युवालाई विराटनगरकाे तालिम

Trulli
ADVERTISEMENT

मोरङ– विराटनगर महानगरपालिकाले बेरोजगार युवाहरुलाई तालिम दिने भएको छ । महानगरले बेरोजगार ५० जना युवाहरुलाई तालिम दिन लागेकाे हाे । 

विराटनगर महानगरपालिका र स्वीस कन्ट्याक्टको आर्थिक सहयोग तथा आसमान नेपालको समन्वयमा स्टेप अप परियोजनाले बेरोजगार युवालाई तालिम दिने सूचनामा उल्लेख छ । विद्युतीय सवारी साधन मर्मत तालिममा सहभागिता २५ जना र गार्मेन्ट फ्याब्रिकेटर तालिमका लागि २५ जना गरी ५० जनालाई तालिम उपलब्ध गर्ने जनाएको छ ।

इएमआइएसमा समावेस भएका बेरोजगार युवालाई सीप तथा दक्षता विकासका तालिममा इच्छुकले यही पुस १५ गतेभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने छ नगरपालिकाले जनाएको छ ।