close

घ्याङलेख माग्याे तीन जना कर्मचारी

घ्याङलेख माग्याे तीन जना कर्मचारी

Trulli
ADVERTISEMENT

सिन्धुली– घ्याङलेख गाउँपालिकाले करारमा कर्मचारी माग गरेको छ । गाउँपालिकाले करारमा अमिनमा दुई जना र सर्भेक्षकमा एक जना  कर्मचारी माग गरेको हाे ।

गाउँपालिकाको निर्णयअनुसार भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्य सम्बन्धमा जग्गा नाप नक्साङकन गर्न सर्भेक्षक १ जना पाँचौ तह र अमिन चौथो तहमा २ जना गरी जम्मा ३ जना कर्मचारी माग गरेको सूचनामा उल्लेख छ ।


योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्रमा आवेदन दस्तुरसहित आवेदन दिन सकिने गाउँपालिकाले जनाएको छ ।