close

तामाकोशीले माग्याे १० कर्मचारी

तामाकोशीले माग्याे १० कर्मचारी

Trulli
ADVERTISEMENT

दोलखा– तामाकोशी गाउँपालिकाले करार सेवामा कर्मचारी माग गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा रिक्त पदका लागि करारमा १० जना कर्मचारी माग गरेकाे हाे।

गाउँपालिकामा मेडिकल अफिसर १ जना, स्टाफ नर्स २ जना, ल्याब टेक्निसियन १ जना, हेल्थ असिष्टेन्ट १ जना, फार्मेसी असिष्टेन्ट १ जना, अनमी ३ जना र ल्याब असिष्टेन्ट १ जना गरी१० जना कर्मचारी माग गरिएको एक सूचनामा उल्लेख  छ । 

इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा मेडिकल अफिसरको लागि एक हजार, स्टाफ नर्स, ल्याब टेक्सिनसियन, हेल्थ असिष्टेन, फार्मेसी असिष्टेनको लागि ७ सय र अनमी, ल्याब असिष्टेनको लागि ५ सय दरखास्त दस्तुर र आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।