close

सिद्ध कुमाखमा ६ जनाका लागि रोजगार

सिद्ध कुमाखमा ६ जनाका लागि रोजगार

Trulli
ADVERTISEMENT

सल्यान– सिद्ध कुमाख गाउँपालिकाले किसान सूचीकरण सहजकर्ता माग गरेको छ । किसान सूचीकरण सहजकर्ता ६ जना माग गरिएको गाउँपालिकाले जनाएको छ । 

किसान सूचीकरण कार्यक्रम कार्यान्वयन विधि, २०७७ अनुसार किसान पहिचान गरी किसानलाई उपलब्ध गराउने सेवा सुविधाको पारदर्शिता तथा सुशासन अभिवृद्धि गर्न गाउँपालिकाको वडा नं. १, २, र ३ मा किसान सूचीकरण सहजकर्ता ६ जना माग गरेको सूचनामा उल्लेख छ । 

गाउँपालिकामा वडा नं. १ मा २ जना, वडा नं. २ मा २ जना, वडा नं.३ मा २ गरी ६ जना माग गरिएको हो । योग्यता पुगेको इच्छुक नेपाली नागरिकले १५ दिनभित्रमा आवश्यक कागजातसहित आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।