close

गाउँपालिकाले सिजनल भिसामा कामदार कोरिया पठाउने

गाउँपालिकाले सिजनल भिसामा कामदार कोरिया पठाउने

Trulli
ADVERTISEMENT

सोलुखुम्बु– थुलुङ दुधकोशी गाउँपालिकाले सिजनल भिसामा कामदार कोरिया पठाउने भएको छ । 

कृषि क्षेत्रका कामदारहरुलाई सिजनल भिसामा कोरिया पठाउन पालिकाले कोरियाको डोङबाङ डीएस सीस्टम लिमिटेड कम्पनीसँग प्रारम्भिक सम्झौता गरेको हो । प्रारम्भिक सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत जीओन्ची राजा र गाउँपालिका अध्यक्ष असिम राईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा कम्पनीले कामदारहरूको मानवअधिकार सुरक्षा गर्दै कामका लागि अनुकूल अवस्था बनाउने, गाउँपालिकाले कामदारहरूको समय घर्किनेबित्तिकै फर्काउने ग्यारेन्टी गर्नेलगायतका बुँदाहरू समेटिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।