close

वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलता तालिम

वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यमशीलता तालिम

Trulli
ADVERTISEMENT

मोरङ - मिक्लाजुङ गाउँपालिकाले उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी तालिम दिन थालेको छ । गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषद, सानाे ठिमीको समन्वयमा आइतबारदेखि सो तालिम दिन थालेको हो । 

गाउँपालिकाको रोजगार संयोजक क्षितिज चेम्जोङका अनुसार पालिकाले युवा वर्ग तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई लक्षित गरी सो कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय युवा परिषद्को सहयोगमा एक हप्तासम्म सो कार्यक्रम सञ्चालन हुने उनले पालिकाखबरलाई सुनाए । 

कार्यक्रममा सहभागी भएका व्यक्तिलाई व्यवसाय सञ्चालन गर्ने तरिका, आर्थिक व्यवस्थापन तथा सुरुवात गर्नेबारे सिकाइने उनले बताए । उद्यमशीलता विज्ञहरुले कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गरिने उनले सुनाए । 

कार्यक्रममा सहभागी भएका व्यक्तिहरुलाई उद्यमी बनाउनका लागि गाउँपालिकाले आवश्यक परामर्श गरिने उनले जानकारी दिए । कार्यक्रममा सहभागी भएका व्यक्तिलाई समूह बनाउने र व्यवसायको प्रपोजल बनाउन लगाउने उनले सुनाए ।

सो प्रपोजल युवा परिषद्ले हेर्ने छ । साेबाट छनाैट भएका उद्यमीलाई सहुलियतमा कर्जा वितरणसमेत गरिने छ । कार्यक्रममा सहभागी  भएका व्यक्तिले कृषि, पशुपालन, व्यवसाय तथा विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने उनले जानकारी दिए ।