close

चैत्र महिनादेखि रुपनीमा रोजगारी

चैत्र महिनादेखि रुपनीमा रोजगारी

Trulli
ADVERTISEMENT

सप्तरी - रुपनी गाउँपालिकाले आगामी चैत्र महिनादेखि बेरोजगार युवालाई रोजगारी दिने भएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिन लागेको हो ।

गाउँपालिकाको रोजगारी शाखाका संयोजक राजेश्वर प्रसाद यादवका अनुसार कार्यक्रमको लागि आवश्यक तयारी हुँदै आएको छ । रोजगारीको लागि गाउँपालिकाले फागुन महिनामा सूचना जारी गर्ने उनले पालिकाखबरलाई सुनाए । 

सूचना जारी भएसँगै चैत्रमा बेरोजगार युवाको सर्टलिस्ट तयार गरी रोजगारीसमेत दिने उनको भनाइ छ । गाउँपालिकाले नालापैनी निर्माण गर्ने, कृषि सडक खन्ने, पोखरी खन्ने, पोखरीको डिल निर्माण गर्ने लगायत विभिन्न काम गर्न लगाउने उनको भनाइ छ । 

रोजगारीको लागि चालु आवमा ५० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले सुनाए । सो रकम कामदारलाई पारिश्रमिक मात्रै दिने उनले बताए । आवश्यक औजार खरिदको लागि पालिकाले नै आवश्यक बजेट विनियोजन गर्ने उनको भनाइ छ ।