close

बन्दिपुरका सय जना बेरोजगारलाई रोजगारी

बन्दिपुरका सय जना बेरोजगारलाई रोजगारी

Trulli
फाइल तस्बिर।
ADVERTISEMENT

तनहुँ– बन्दिपुर गाउँपालिकाले ३० जना बेरोजगारलाई सय दिने रोजगारी उपलब्ध गराएको छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा हालसम्म ३० जनालाई रोजगारी उपलब्ध गराएको हो । 

चालु आर्थिक वर्षको अन्त्यसम्ममा एक सयभन्दा धेरै स्थानीयलाई रोजगारी उपलब्ध गराउने गरी काम भइरहेको पालिकाका रोजगार अधिकृत शरण सिंह गुरुङले बताए । कार्यक्रममार्फत सामुदायिक क्षेत्रका पूर्वाधारको विकास भइरहेको उनले बताए । 

उनले पालिकाखबरसँग भने, ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत उहाँहरुलाई रोजगारी दिएका छौँ । आवश्यक औजार र सामाग्रीका लागि भने गाउँपालिकाले बजेट छुट्याएको छ ।’ आवश्यक उपकरण खरिदका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले बताए । 

यस्तै आगामी आर्थिक वर्षमा स्थानीय बेरोजगारलाई न्युनतम रोजगारीमा संलग्न हुनका लागि आवेदन पेश गर्न गाउँपालिकाले अनुरोध गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागिता जनाउन पालिकाभित्रका १८ वर्षदेखि ५९ वर्षसम्मका स्थानीयलाई फागुन मसान्तसम्म आवेदन पेश गर्न अनुरोध गरेको हो । 

फागुन मसान्तसम्म बेरोजगार सुचीकृत भएपछि आगामी आर्थिक वर्ष २०८१/८२ मा कतिजनालाई रोजगारी दिने निर्धारण हुने बताए ।