close

राजापुरमा ४ जना कर्मचारी माग

राजापुरमा ४ जना कर्मचारी माग

Trulli
ADVERTISEMENT

बर्दिया– राजापुर नगरपालिकाले दैनिक ज्यालादारीमा कर्मचारी माग गरेको छ । नगरपालिकाले आईतबार एक सूचना जारी गर्दै दैनिक ज्यालादारीमा ४ जना कर्मचारी माग गरेको हो ।

नगरपालिकाले सर्भेक्षक, सहायक पाँचौ इन्जिनियरमा २ जना र चेनम्यान, श्रेणीविहिन प्रशासनमा २ जना गरी ४ जना कर्मचारी माग गरेको हो । 

नगरपालिकाले सेवा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि, २०८० बमोजिम यस राजपुर नगरपालिकामा भूमि सम्बन्धी नापजाँच कार्य गर्नुपर्ने र सो कार्य नभ्याउन्जेलसम्म जनशक्ति आवश्यक भएको नगरपालिकाले जनाएको छ । नगर कार्यापालिको निर्णयानुसार खुला प्रतियोगितात्मक परीक्षाद्वारा दैनिक ज्यालादारीमा पदपूर्ति गर्न सूचनामा उल्लेख गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले सहायक स्तरको लागि ७०० रुपैयाँ, श्रेणीविहिनको लागि ४०० रुपैयाँ राजश्व तिरेको भौचर र आवश्यक कागजातसहित आवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।