close

पहिलो पटक नगर प्रहरी राख्दै छत्रकोट

पहिलो पटक नगर प्रहरी राख्दै छत्रकोट

Trulli
ADVERTISEMENT

गुल्मी– छत्रकोट गाउँपालिकाले पहिलो पटक नगर प्रहरी राख्ने भएको छ । पालिकाको शान्ति सुरक्षा तथा सार्वजनिक सम्पत्तीको सुरक्षाका लागि गाउँपालिकाले नगर प्रहरी राख्ने लागेको हो । 

गाउँपालिकाले सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाका लागि पाँच जना नगर प्रहरी माग गरेको छ । गाउँपालिकाले नगर प्रहरी सहायक निरीक्षक एक जना तथा चार जना नगर प्रहरी जवान माग गरेको हो । 

गाउँपालिकाले तोकेको योग्यता पुगेका व्यक्तिले सूचना प्रकासन भएको १५ दिन भित्र आवेदन दिन गाउँपालिकाले अनुरोध गरेको छ । 

शान्ति, सुरक्षाका साथै कार्यपालिकाले गरेका निणर्यलाई 'क्रियटिभ' ढङ्गले कार्यान्वयनमा ल्याउन नगर प्रहरी नियुक्त गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए । गाउँपालिकाको आफ्नै नगरप्रहरी भएमा प्राकृतिक प्रकोप तथा विपद्को समयमा समेत काम गर्न सहज हुने उनले पालिकाखबरलाई बताए ।