close

दैलेखको महाबुमा निर्माणाधीन सौर्य आयोजना अन्तिम चरणमा

दैलेखको महाबुमा निर्माणाधीन सौर्य आयोजना अन्तिम चरणमा

Trulli
ADVERTISEMENT

दैलेख–दैलेखको महाबु गाउँपालिका वडा नम्बर ३ बाँसीमा निर्माणाधीन १२० किलोवाट क्षमताको जगनाथ भैरव सोलार मिनीग्रिड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । ठेकेदार कम्पनीका सिनियर प्राविधिक गोकर्ण आलेका अनुसार हालसम्म आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । 

 

उनका अनुसार गत फागुनमा सम्झौता भए पनि कोरोनाका कारण गत साउनदेखि मात्र सुरु भएको थियो । पावर हाउस निर्माणपछि आयोजनामा पोलिङको काम सुरु गरिएको छ । अहिले उक्त ठाउँमा पोलमा तार टाँग्ने काम सम्पन्न हुन लागेको र अन्य स्थानमा काम चलिरहेको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरिसकेपछि साविक बाँसी गाविसका करिब ४६६ घरधुरीमा जडान गरिनेछ । 

 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ६ करोड ५३ लाख रुपैयाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौंले ठेक्का पाएको थियो । हाल यस आयोजनाको परीक्षणसमेत सम्पन्नभइसकेको छ । सोलार मिनिग्रिड आयोजनामा ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ ।

 

यो प्लान्टले २४ सै घन्टा विद्युत् उत्पादन गर्नेछ ।  जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावर हाउस र पक्की शौचालय निर्माणको सार्वजनिक सुनुवाइसमेत गरिसकेको उपभोक्ता समिति अध्यक्ष धनबहादुर मल्लले बताए ।