close

सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

सञ्चालनमा आयो सोलु करिडोर प्रसारण लाइन

Trulli
ADVERTISEMENT

उदयपुर–राष्ट्रिय गौरवको योजना सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ । लामो समयदेखि उत्पादन हुँदै आएको विद्युत् खेर गइरहेकामा सोमबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारण लाइन करिब साढे ३ वर्ष ढिलो गरी सञ्चालनमा आएको हो ।

 


उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित स्थानीयले एलाइमेन्ट परिवर्तन गर्न माग गर्दै साढे ३ वर्षदेखि अवरोध गरेकामा सहमतिपछि एक महिनाअघि मात्र निर्माण सम्पन्न भएको थियो । 


स्थानीयको अवरोधपछि आयोजनाको काम साढे ३ वर्षदेखि त्यस क्षेत्रमा अघि बढ्न सकेको थिएन । सर्वोच्च अदालतले मुआब्जा लिएर काम गर्न दिनू भन्ने स्थानीयलाई आदेश दिएपछि काम अघि बढाउन दिएका हुन् ।

 


निर्माणमा भएको ढिलाइका कारण राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यावसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाट विद्युत्मध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको थियो ।

 


सोलुखुम्बुको तिङ्लादेखि सिराहाको मिर्चैयासम्म आयोजनाको कुल लम्बाइ ८९.५ किलोमिटर लामो प्रसारण लाइनमा ३०२ वटा टावर रहेका छन् । प्रसारण लाइनमा पर्ने रुख हटाउने काम सकेर विद्युत् प्रवाह ‘टेस्टिङ’ गरी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइनबाट व्यावसायिक उत्पादन थालिएको आयोजना प्रमुख जनार्दन गौतमले जानकारी दिए । 


कटारी नगरपालिका वडा नम्बर ४ मरुवाका स्थानीयले घरखेत जाने भएकाले प्रसारण लाइनको एलाइन्मेन्ट परिवर्तन गर्न माग गर्दै आयोजना निर्माणमा अबरोध पु¥याएपछि साढे तीन वर्ष ढिलाइ भएको हो । 


सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भई काम सुरु भएको आयोजनाको सन् २०२१ डिसेम्बर ३१ सक्ने गरी आठाँै पटक म्याद थपिएको थियो । आयोजना क्षेत्रमा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिए पनि स्थानीयको बारम्बार अवरोधका कारण समयमै सम्पन्न हुन नसकेको हो ।


प्रसारण लाइन निर्माणपछि सोलुखुम्बु र आसपास क्षेत्रका निर्माण सम्पन्न आयोजना र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलुखुम्बु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रि«य प्रसारण लाइनमा जोड्ने योजना छ । विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) गरिसकेको छ ।

 


०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जी कम्पनी प्रालिसँग प्राधिकरणले यो प्रसारण लाइन निर्माणको ठेक्का सम्झौता गरेको थियो । बिनाअवरोध काम भएको भए ०७६ माघमा निर्माण सम्पन्न गर्ने योजना थियो । सोलुखुम्बुको तिङ्लामा १३२ र ३३ र ३३ र ११ केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । सिरहाबाट गएको ३३ केभी लाइनलाई तिङ्ला सबस्टेसनमा जोडिएको छ ।

 


सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत्लाई सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी रहेको राष्ट्रिय ग्रीडमा जोड्न सोलु करिडोर प्रसारण लाइनको निर्माण गरिएको हो । प्राधिकरणले विद्युत खरिद सम्झौता (पिपिए) गरेका १२ जलविद्युत् आयोजनाको ३ सय २५ मेगावाटको विद्युत् राष्ट्रिय प्रणालीमा जोडिनेछ । सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई दिएको ८२ मेगावाटको तल्लो सोलु र २३.५ मेगावाटको सोलु खोला आयोजना पनि यही लाइनमा जोडिनेछन् ।

 


नेपाल सरकार तथा प्राधिकरणको लगानी र भारतीय एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन ठेकेदार छनोटमा भएको विवादका कारण झन्डै दुई वर्ष ढिला गरी काम सुरु भएको थियो । समयमै प्रसारण लाइन निर्माण हुन नसक्दा माथिल्लो सोलुखोला २३.५ मेगावाटमा उत्पादन भएको विद्युत् २४ महिनादेखि खेर गइरहेको थियो । सोलुखुम्बुको सोलु खोलामा निर्माण भइरहेका ६ जलविद्युत् आयोजना छन् ।

 


२१७.५ मेगावाट क्षमताका जलविद्युत् आयोजना सम्पन्न हुने अवस्थामा पुगेका छन् । सोलु करिडोरमा सोलु १८ मेगावाट, जुनबेंसी ५.२ मेगावाट, लोअर सोलु ८२ मेगावाट, सोलुखोला २३.५ मेगावाट र सोलुखोला, दूधकोसी ८६ मेगावाट जलविद्युत् आयोजनाको बिजुली सोलु करिडोरमार्फत वितरण गरिनेछ ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइले राष्ट्रि«य प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ ०७६ देखि व्यवसायिक उत्पादन थालेको सोलुखोला जलविद्युत् आयोजनाको २३.५ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको थियो । सिराहाको मिर्चैया, उदयपुरको कटारी, लेखानी, घुर्मी, ओखलढुंगाको मानेभन्ज्याङ, ओखलढुंगा सदरमुकाम हुँदै सोलुखुम्बुको तिङ्लामा प्रसारण लाइनको पहुँच पुगेको छ ।

 


प्रसारण लाइनलाई सोमबारबाट चार्ज गरी सञ्चालनमा ल्याइएको छ । सोलु करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत तिङ्लामा १३२÷३३ केभी, ३० एमभीए र ३३÷११ केभी, ८ एमभीए क्षमताका सबस्टेसन निर्माण गरिएको छ । तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत् आपूर्ति हुनेछ ।

 


सोलु करिडोरमा प्रवाह भएर आउने विद्युत् मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायत जिल्लामा पठाइनेछ भने बढी भएको विद्युत् ढल्केबर सबस्टेसनबाट भारत निर्यात गर्न सहज हुनेछ । तिङ्ला सबस्टेसनबाट विद्युत् आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत् सेवा भरपर्दो र गुणस्तरीय हुनुका साथै चुहावट पनि घट्नेछ ।