काठमाडौं । कलाकार तथा कला निर्देशक उद्धव भट्टराई 'जुङ्गे'को निधन भएको छ । जन्मथलो बैतडीबाट काठमाडौं आउने क्रममा उनको चितवनमा बसमै निधन भएको हो । ६६ वर्षका उनी लामो समयदेखि दमको रोगबाट पीडित थिए ।
उनले सुपरहिट नेपाली फिल्ममा कला निर्देशकको रुपमा काम गरेका छन् । उनले कला निर्देशनसँगै फिल्ममा भेषभूषा समेत हेर्ने गर्दथे । तर, प्रविधिले फड्को मारेसँगै उनी पछिल्लो समय कामविहीन थिए ।
‘सन्तान’बाट कलाकार र कस्टुम डिजाइनरको रुपमा करिअर थालेका उनले पछिल्लो पटक फिल्म ‘मेरी मामु’मा कला निर्देशकको रुपमा काम गरेका थिए ।