काठमाडौं । रियालिटी सो ‘द भ्वाइसअमेरिका’मा नेपाली मूलकी किशोरी परिजिता बास्तोलाले सबै निर्णायकलाई नै ‘इर्श्या’लाग्ने प्रस्तुति दिएका छन् ।
उनको प्रस्तुतिमा चारै जना निर्णायकहरू फर्किएका थिए भने तीनजनाले त 'स्ट्याण्डिङ अभेसन'नै दिएका छन् । मंगलबार सम्पन्न ‘द भ्वाइस’को अडिशनमा जब नेपाली मूलकी परिजिता बास्तोलाले आफ्नो प्रस्तुति दिएकी हुन् । कार्यक्रममा उनको प्रशंसा गर्दै निर्णायकहरूले बास्तोलाको प्रस्तुतिले आफूहरूलाई ‘इर्श्या’ लागेको बताए ।
गायिका बास्तोलाले आफ्नो प्रशिक्षक छनोट गर्नुअघि सबै निर्णायकलाई नेपालबाट लगिएको रुद्राक्षको माला पहिराइदिइन्। रुद्राक्षको माला लगाएर चारै जना निर्णायक खुशी भए ।