close

भोलिदेखि महानगरभित्र भारतीय चलचित्र प्रर्दशनीमा रोक

भोलिदेखि महानगरभित्र भारतीय चलचित्र प्रर्दशनीमा रोक

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि भारती चलचित्र प्रर्दशनी गर्न रोक लगाएको छ ।भारतीय चलचित्र आदिपुरुषको विवादित संवाद नहटाएपछि महानगरपालिका क्षेत्रभित्र भोलिदेखि भारतीय चलचित्र प्रर्दशनी गर्न रोक लगाएको हो । 

नगरप्रमुख बालेन्द्र शाह (बालेन) का आफ्नो सामाजिक सञ्जालबाट सो फिल्मको विवादस्पद संवाद नहटाएसम्म कुनै पनि भारतीय चलचित्र प्रर्दशनीमा रोक लगाइने जनाएको छ । उनले साे चलचित्रको मूल भागबाट हटाउन  ३ दिन पहिलेदेखि हटाउन आव्हान गर्दै आएको जनाएका छन् । 
 
'नेपालको स्वतन्त्रता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी राष्ट्रहितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन, ' उनले अगाडि लेखेका छन्, 'नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ ।' 

सो चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी दिएका छन् । उनले लेखेका छन्,  'महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरितको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि देखि निषेध गरिएको छ ।