close

स्थानीय विवाद समाधानका लागि ‘उ गरेर उ गरौँ’

स्थानीय विवाद समाधानका लागि ‘उ गरेर उ गरौँ’

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले महसञ्चारसँगको सहकार्यमा सर्ट फिल्म ‘उ गरेर उ गरौँ’ ल्याएको छ । स्थानीय तहमा हुने न्यायिक समिति र मेलमिलाप केन्द्रको बारेमा सन्देशमुलक जानकारी सो फिल्ममा देखाइएको छ । 

उक्त सर्ट फिल्मलाई हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले निर्देशन गरेका छन् । जसको मुख्यपात्र ‘वडाध्यक्ष ज्यू’को भूमिकामा हरिवंश आचार्य देखिएका छन् । यस्तै, बसुन्धरा भुसाल, प्रदिप बास्तोला, बिगिशा अधिकारी, नरेन्द्र कंशकार, राजु भुजुआदी कलाकारको अभिनय देख्न सकिन्छ । 

फिल्ममा वडाको मेलमिलाप केन्द्र र न्यायिक समितिले विवाद समाधान कसरी गर्छ भन्ने देखाइएको छ । 

‘उ गरेर उ गरौँ’ काठमाडौं महानगरपालिकाको युट्युब च्यानल 'मेट्रो न्युज'मा हेर्न सकिन्छ ।