close

थाहा नगरापालिकामा चलचित्र महोत्सव हुँदै

थाहा नगरापालिकामा चलचित्र महोत्सव हुँदै

Trulli
ADVERTISEMENT

मकवानपुर– थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि चलचित्र महोत्सव गरिने भएको छ । आगामी मङ्सिर ९ देखि १५ गतेसम्म आयोजना गरिने एकहप्ते महोत्सवमा  नेपालका चर्चित कलाकार, निर्माता र निर्देशकको सहभागिता रहने महोत्सवका कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले बताए । 

थाहा कला केन्द्रको आयोजना तथा थाहा नगरपालिकाको समन्वय सहयोगमा आयोजना हुने महोत्सवमा सन्देशमूलक चलचित्र प्रदर्शन तथा नगरपालिका भित्रका पर्यटन क्षेत्रबारे जानकारी गराउने उद्देश्य रहेको नगरप्रमुख प्रमुख विष्णुबहादुर विष्टले जानकारी दिए । 

कार्यक्रममा नगरको पर्यटन प्रवर्द्धन हुने खालका तस्वीर कार्यक्रम स्थलमा राखी अवलोकन गराउने र नगरका पर्यटनस्थलका बारेमा छलफल तथा अन्तक्र्रिया गरी नगरलाई चलचित्रको छाँयाङ्कन केन्द्र बनाउने मुख्य उद्देश्य रहेको केन्द्रका अध्यक्ष सानोबाबु मोक्तानले बताए । महोत्सवका लागि रु ३० लाख खर्च लाग्ने अनुमान गरिएको उनको भनाइ थियो  । 

यस महोत्सवले आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्नाका साथै नेपाली चलचित्र क्षेत्रलाई छाँयाङ्कनको केन्द्र बनाउने उद्देश्यले नगरपालिकाले सहयोग गरेकोे नगरप्रमुख विष्टले बताए ।
 
यस नगरपालिकाका मार्खु, दामन, सिमभञ्ज्याङ, भेडाफार्म, चित्लाङ, बज्रबाराही, कुलेखानी, आग्राको उनिउँचौरलगायत धार्मिक क्षेत्रमा नेपाली तथा भोजपुरी चलचित्र र म्युजिक भिडियो छाँयाङ्कनका लागि आकर्षण बढ्दै आएको छ ।