close

अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ

Trulli
ADVERTISEMENT

अभिनेता अनमोल केसी पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले आपराधिक विश्वासघात गरेको आरोपमा  उनलाई पक्राउ गरेको हो ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । 

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । 

फिल्मका लागि केसीले १० लाख लिएर खलेन नमानेको निर्माण पक्षको दाबी छ ।