close

फेसबुक लाइभमा आएर निर्देशक बस्नेतले भने,-‘दिमाग खराबको प्रदर्शन स्थगित’

फेसबुक लाइभमा आएर निर्देशक बस्नेतले भने,-‘दिमाग खराबको प्रदर्शन स्थगित’

Trulli
ADVERTISEMENT

काठमाडौं- नेपाली चलचित्र दिमाग खराबलाई हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने निर्माण टिमले घोषणा गरेको छ ।

भोलिसम्म पनि विदेशी चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय भएको निर्देशक निश्चल बस्नेतले फेलबुकलाइभमा आएर भने । 

‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने ?’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं ।’

निर्देशक बस्नेतले हलमा लागेको ३ दिनदेखि ‘वर्ड अफ माउथ’ राम्रो हुँदै जाँदा पनि हलहरुले शो नदिएको गुनासो गरे ।