close

कामनपाद्वारा फोहोर वर्गीकरणका लागि ३ रंगको झोला वितरण

कामनपाद्वारा फोहोर वर्गीकरणका लागि ३ रंगको झोला वितरण

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन रङ्गको झोला र डस्टविन वितरणका लागि ३ करोड विनियोजन गरेको छ । 

काठमाडौंका प्रवक्ता नविन मानन्धरका अनुसार स्रोत मै फोहोरको वर्गीकरण गर्ने नीति अन्तर्गत चोकचोकमा फोहोर थुपार्ने प्रवृत्ति अन्त्य गर्न उक्त अभियानका लागि बजेटको व्यवस्था गरिएको हो । 

प्रवक्ता मानन्धरले पालिका खबरसँग भने,'प्रत्येक घरमा ३ कलरका झोला वितरण गरिन्छ भने चोक-चोकमा ३ कलरकै डष्टविनको व्यवस्था गरिन्छ ।' यसरी घरमै फोहोरको वर्गीकरण भयो भने फोहोर संकलन गर्न जाने कर्मचारीलाई सहज हुने उनी बताउँछन् । 

बजेटमा उल्लेख भए अनुसार काठमाडौंले ३ प्रकारका डष्टविन खरिद गरेर वितरण गर्नेछ । महानगरले घर-घरमा ३ रङ्गका झोला वितरण गरेपछि चोक चोकमा फोहोर नथुप्रिनेमा महानगर विश्वस्त छ । 

हरेक घरमा अब कुहिने, नकुहिने र धातुजन्य गरी ३ प्रकारका फोहोरको वर्गीकरण गरेर राख्नुपर्ने हुन्छ । यसअघि नै महानगरले वर्गीकरण गर्न आग्रह गर्दै नगर्नेलाई प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना गर्ने बताइसकेको छ । 

फोहोर उत्पादनकर्ताले नै फोहोरको पृथकीकरण गरी जैविक र अजैविक छुट्याएर सरसफाइमा सहयोग गर्न महानगरले आग्रह गरेको हो ।