close

बागमती गाउँपालिकामा लोपोन्मुख सतिसाल वृक्षारोपण

बागमती गाउँपालिकामा लोपोन्मुख सतिसाल वृक्षारोपण

Trulli
ADVERTISEMENT

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–४ लमकानामा लोपोन्मुख अवस्थामा पुगेको बहुमूल्य वनस्पति सतिसालसहित तीन सय ६५ वटा बिरुवा रोपिएको छ ।

बागमती पालिका अध्यक्ष सर्केश घलानका अनुसार महँगो र लोप हुन लागेको सतिसाललाई लोप हुन नदिने उद्देश्यले वृक्षरोपण गरेको बताए । 

उनले विजयसाल, एभोकाडो, निम, अमला, पिटौजिया प्रजातिका बिरुवा रोपिएको बताए । अध्यक्ष घलानले सतिसाल दुई सय, विजयसाल ७० वटा, एभोकाडो १४, निम २५, अमला ५० र पिटौजिया प्रजातिको छवटा बिरुवा रोपण गरिएको बताए ।  मूल्यवान काठका रुपमा प्रयोग हुने सतिसाल जोगाइने उनको भनाइ छ । 

जिल्ला वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत वसन्तराज गौतमले सतिसाल लोप हुने अवस्थामा पुगेकाले बचाउने अभियानमा लाग्नुपर्ने बताए ।

सतिसालको काठ मूल्यवान हुने र सजिलै महँगोमा बिक्री हुने गरेका कारण पनि यसबाट अर्थतन्त्र बलियो बनाउन सकिने उनको भनाइ छ । सतिसालबाट बन्ने दराज, कुर्सी, टेबलजस्ता फर्निचरलाई तराई तथा भारतीय बजारमा पनि बिक्री हुने गरेकाले विगत वर्षहरूमा यो सालको विनाश भएको अध्ययनले देखाएको उनको भनाइ छ ।