close

दशैँमा धरान उपमहानगरको फोहोर नउठ्ने

दशैँमा धरान उपमहानगरको फोहोर नउठ्ने

Trulli
ADVERTISEMENT

काठमाडौं ।  धरान उपमहानगरपालिकामा  दशैँमा फोहोर नउठ्ने भएको छ । 

नगरपालिकाले एक सूचना जारी गरी विजया दशमी अर्थात् १९ गते र एकादशी २० गते दुई दिन फोहोर नउठ्ने जानकारी दिएको हो । 

‘मिति २०७९ असोज १९ गते बुधबार।विजया दशमीका दिन) र २० गते बिहीबार (एकादशीको दिन) गरी जम्मा २दुई दिन धरान उपमहानगरपालिकाबाट फोहोरमैला सङ्कलन कार्य नहुने भएकाले धरान उपमहानगरपालिको मुख्य बजारक्षेत्र तथा उक्त दिनहरुमा रुट पर्ने सबै घरधुरी ले फोहोरहरु सडकमा ननिकाल्न र नराखी दिन हुन अनुरोध गरिएको व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ,’ जारी सूचनामा उल्लेख छ,  ‘यसबाट नगरवासीहरुमा पर्न जाने असुविधा प्रति क्षमाप्रार्थी छौँ।’