close

फोहोरजन्य वस्तु र प्लाष्टिक नबाल्न चाँगुनारायणको अनुरोध

फोहोरजन्य वस्तु र प्लाष्टिक नबाल्न चाँगुनारायणको अनुरोध

Trulli
ADVERTISEMENT

भक्तपुर ।  चाँगुनारायण नगरपालिकाले फोहोरजन्य वस्तु र प्लाष्टिक नबाल्न अनुरोध गरेको छ । शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको होे । 

नगरपालिकाले जाडोयाम सुरु भएसँगै घरको आँगन, सडक र खुल्ला स्थानमा फोहोर, प्लाष्टिक तथा विभिन्न सामग्री बालेर आगो बालेर ताप्ने चलन बढेकोले सो अनुरोध गरेको सूचनामा उल्लेख गरिएको छ । 

पछिल्लो समय बढ्दै गरेको वायु प्रदुषणले स्थानीयमा विभिन्न समस्या बढेको पालिकाले जनाएको छ । पालिकाले फोहोर व्यवस्थापनको लागि स्वच्छ हावा प्रवद्र्धन अभियान समेत ल्याएको छ ।